free website hit counter

राष्ट्रिय बीमा संस्थानद्वारा आधारभूत तालीम तथा परिक्षा

beemaadmin
२०८० जेष्ठ ६, शनिबार

काठमाडाैं ।  सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम तथा नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परिक्षा सम्पन्न गरेको छ। मिति २०८० जेठ २ गते देखि ४ गते सम्म संचालित उक्त कार्यक्रममा उल्लेखनीय रुपमा भावी अभिकर्ताको सहभागिता रहेको थियो।
बजार व्यस्थापक विभागका प्रमुख दिपा अधिकारीको  संयोजकत्वमा संचालित कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले प्रमाण पत्र हस्तान्तरण गरेका थिए।
सहायक व्यवस्थापक सुजित  प्रसाद शाहले दिएको जानकारी अनुसार अभिकर्ताहरु संस्थानसंग आबद्व हुन् पाउदा खुशी व्यक्त गर्दै उत्साहित भएका थिए।नयाँ इजाजत पत्रको लागि परिक्षाको व्यवस्था भएदेखि अभिकर्ताहरुको मुख्य रोजाई सरकारी कम्पनि हुन् थालेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार