free website hit counter

राष्ट्रिय वाणिज्य बैंकद्वारा माइती नेपाललाई सहयोग

beemaadmin
२०७६ पुष २९, मंगलवार

काठमाडौं । सामाजिक उत्तरदायित्वको कार्यक्रममा अग्रणी स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण गरेको छ । बैंकको शाखा कार्यालय बौद्ध, गौशाला र मैतिदेवीले संयुक्त रुपमा आयोजना गरेको गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरुको सोमबार एक कार्याक्रमबीच वितरण गरिएको हो ।
सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटा लगायत माइती नेपालका संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार