free website hit counter

राष्ट्र बैंकको कार्यकारी निर्देशनमा पोखरेल

beemaadmin
२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेलको कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशक पदमा वढुवा गरेको हो । इलाममा जन्मिएका उनी आजभन्दा २० वर्ष अघि राष्ट्र बैंक प्रवेश गरेका थिए । डा। पोखरेलले नेपाल राष्ट्र बैंकमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी हाल गभर्नरको कार्यलयमा कार्यररत रहेका छन् भने केही समय अघि मात्रै सूचना अधिकारीबाट त्यहाँ पुगेका थिए । उनले आर्थिक अनुसन्धान विभागमा पनि काम गरिसकेका छन् । पोखरेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार