free website hit counter

राहत कोषमा १ अर्ब ७४ करोड रकम जम्मा

beemaadmin
२०८१ कार्तिक १, बिहीबार

काठमाडौं । मुलुक समस्यामा पर्दा मन फुकाउनेहरुको अझै कमी छैन । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे एक अर्ब भन्दा बढी रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ जम्मा भएको हो । यो हिजो असोज ३० गतेसम्म दाखिला भएको रकम हो । कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा हिजोसम्ममा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम दिएका छन् । राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख रूपैयाँ, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख रूपैयाँ तथा राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ रूपैयाँ दाखिला गरेका छन् । यसका साथै, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्स्योरेन्स कम्पनी र विद्युत् उत्पादन कम्पनी लगायत छन् ।

सम्बन्धित समाचार

दशैंको उपहार छोरी–ज्वाइँलाई बीमा पोलिसी

beemaadmin
२०८१ कार्तिक १, बिहीबार

बाढी पीडितलाई नेपाल लाइफको राहत

beemaadmin
२०८१ कार्तिक १, बिहीबार

स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा

beemaadmin
२०८१ कार्तिक १, बिहीबार