काठमाडौं । प्रिमियममा आइपीओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई केयर रेटिङ नेपाल लिमिटेडले रेटिङ्ग ग्रेड प्रदान गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपाल केयरएनपी त्रिपल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको हो । केयर रेटिङ नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित रहेको जनाउँदछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९९ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९९ रुपैयाँका दरले दरले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । आईपीओ निष्काशन पश्चात पनि कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब नपुग्ने देखिन्छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्युनतम ५ अर्ब रुपैयाँ पूँजी पुर्याउन कम्पनीले बोनस तथा हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ ।