free website hit counter

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १२ प्रतिशत लाभांश प्रस्ताव

beemaadmin
२०८२ बैशाख २५, बिहीबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वार्षिक साधारणको वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको १५१ औँ बैठकले १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको हाल चुक्ता पुँजीको ४ अर्ब ६४ करोड को १२ प्रतिशतले हुन आउने रकमको ५५ करोड ६८ लाख बराबरको बोनस शेयर र ०.६३१५ प्रतिशत अर्थात् २ करोड ९३ लाख १ हजार ६ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिरकणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार