free website hit counter

रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

beemaadmin
२०८१ आश्विन ९, बुधबार

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा दिपेशबाबु तिवारी नियुक्त भएका छन् । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । तिवारीलाई कार्तिक एक गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । हाल कम्पनी सचिव रहेका नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिको बैठकले तिवारीलाई सचिवको जिम्मेवारी दिएको हो ।

सम्बन्धित समाचार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार