free website hit counter

लकडाउनका कारण ७० लाख अप्रत्याशित गर्भधारण हुने अनुमान

beemaadmin
२०७७ बैशाख १९, शुक्रबार

एजेन्सी । कोरोनाको महामारी नफैलियोस् भनेर विश्वका अधिकांश देशमा लगाइएको लकडाउन र स्वास्थ्य सेवाहरुमा आएको रुकावटका कारण आगामी दिनहरुमा ७० लाख अप्रत्याशित गर्भाधारण बढ्ने अनुमान गरिएको छ । लकडाउनका कारण निम्न र मध्यम–आय भएका देशहरुमा ४ करोड ७० लाख महिलाहरु आधुनिक गर्भ–निरोधक उपायहरुको प्रयोग गर्नमा सक्षम नभए कारण यस्तो नतिजा आउने अनुमान गरिएकोृ हो । एजेन्सीका अनुसार, संकटका क्रममा महिलाहरुको पहुँच परिवार नियोजन वा अप्रत्याशित गर्भाधारण, लैंगिक हिंसा र अन्य हानिकारक तथा कुप्रथामा अधिक वृद्धि हुन सक्नेछ। विश्वभरमा निम्न र मध्यम आय भएका ११४ देशहरुमा करिब ४५ करोड महिलाहरु गर्भनिरोधक उपाय प्रयोग गर्ने गरेको अध्ययनहरुले देखाएको छ । यसमा भनिएको छ कि, लकडाउनको अधिक असर ६ महिनामा देख्न सकिन्छ। यदि लकडाउन ६ महिनासम्म जारी रह्यो भने लैंगिक हिंसामा अतिरिक्त ३ करोड १० लाख घटना बढ्न सक्नेछ।
यूएनएफपीएकी कार्यकारी निर्देशक नतालिया कानेमका अनुसार, यो नयाँ आँकडाले देखाउँछ कि, कोभिड–१९ को भयावह प्रभाव विश्वभरका महिला र केटीहरुमा देख्न सकिनेछ। उनले भनिन्, कोरोनाको महामारीले असमानता बढाइरहेको छ र लाखौँ अन्य महिला एवम् केटीहरुलाई आफ्नो परिवार नियोजनको क्षमता र आफ्नो शरीर एवम् स्वास्थ्यको सुरक्षा गर्ने क्षमताका लागि जोखिम सिर्जना गरिरहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार