free website hit counter

लक्ष्मी लघुवित्तको नाफा घट्यो

beemaadmin
२०८० माघ २१, आईतवार

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा २ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको थियो। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा धनात्मक हुन पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.०२ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ०.७५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ८ करोड १७ लाख रुपैयाँबाट घटेर २ करोड ५३ लाख रुपैयाँमा झरेको छ। जसका कारण गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ४ लाख रुपैयाँ धनात्मक भएको छ। यद्यपि, लघुवित्तको खराब कर्जा भने ३.९१ प्रतिशतविन्दु बढेर ९.६३ प्रतिशत पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ४७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७५ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ७७।७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा रहेको छ। ४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले ६ अर्ब २२ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार