काठमाडौैं । चावहिल लायन्स क्लब तथा लियो क्लब लामापोखरी चावहिलको आयोजनामा यही माघ १५ र १६ गते सामूहिक बेलविवाहको आयोजना गरिँदैछ । नेवारी संस्कृतिमा महत्वपूर्ण मानिने बेलविवाह छोरी चेलीहरु रजश्वला हुनुपूर्व गरिने एक महत्वपूर्ण धार्मिक कार्य हो । कार्यक्रमका संयोजक लायन महेन्द्रराज श्रेष्ठका अनुसार उक्त सामूहिक बेलविवाह कार्यक्रममा बेलविवाह गर्नका लागि उमेर पुगेका छोरी चेलीहरुको उपस्थितिका लागि आह्वान गरिसकिएको र कार्यक्रमको तयारी भइरहेको बताउनुभयो ।
चाबहिल लायन्स क्लबले आफ्नो स्थापनाको २६ बर्ष देखि प्रत्येक दुई बर्षको अन्तरालमा तेह्र पटक हजारौ बालिकाहरुको सामुहिक बेलबिबाह कार्यक्रम सम्पन्न गरिसकेको अध्यक्ष श्रीहरि श्रेष्ठले बताउनुभयो । सामूहिक बेलविवाह कार्यक्रमले समाजमा कम खर्चमा आफ्नो परम्परा, सस्कृती, धार्मिक कर्तब्यहरुको संरक्षण गर्ने भएकाले यो कार्यक्रम आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।