free website hit counter

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०७८ माघ २७, बिहीबार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.५२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.४७ प्रतिशत नगद लाभांश रहेको छ। माघ २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार