काठमाडौं । बीमा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव हालिस गरिसक्नुभएका रमेशकुमार भट्टराईले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् । असार ३० गते नियुक्ति दिइएको भए पनि आर्थिक वर्षको शुरुवात श्रावण १ गते शुक्रबार देखि कार्यभार सम्हाल्ने भएका छन् । भट्टराईले युनाईटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्स गरी २२ वर्ष बीमा क्षेत्रमा काम गरेर आफ्नो दक्षता प्रदर्शन गरिसकेका छन् । यसअघि भट्टराई युनाईटेड इन्स्योरेन्स कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।