free website hit counter

वास्तविक खर्चको १० प्रतिशत मात्र आकार बढाएर बजेट ल्याउन महासंघको सुझाव

beemaadmin
२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवर्द्धधन विशेष योजना ल्याउनुपर्ने बताएका छन्। बुधवार महासंघले आयोजना गरेको प्रिबजेटका विषयमा अर्थमन्त्रीसँगको छलफलमा बोल्दै अध्यक्ष ढकालले यस्तो माग गरेका हुन्। अध्यक्ष ढकालले निजी क्षेत्र बजेटको केन्द्रबिन्दुमा हुनुपर्नेमा जोड दिए। उनले सरकारले आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवर्द्धन विशेष योजना ल्याउनु नयाँ चरणको आर्थिक सुधार अभियानको रुपमा हेर्ने बताए। उनले आगामी आर्थिक वर्षको बजेट आकार बढाउन नहुने सुझाव दिए। उनले सरकारलाई बजेटको आकार बढाउँदा राजश्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप पर्ने उल्लेख गरे। अध्यक्ष ढकालले राजश्व र आन्तरिक ऋणमा चाप हुँदा निजी क्षेत्र हतोत्साही हुने र ऋण दायित्व बढ्न जाने बताए। उनले राजश्व र खर्चको अनुमान गत वर्षको बजेटमा नभइ वास्तविक खर्चको बढिमा १० प्रतिशत बढाइ खर्च र राजश्व अनुमान गर्नु उपयुक्त हुने सुझाव दिए। उनले भने,‘बजेटको आकार बढाउँदा राजश्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप सरकारमा पर्नेछ। जसले निजी क्षेत्र हतोत्साही हुने र ऋण दायित्व बढ्न जाने हुँदा यसमा विशेष ध्यान दिनुपर्ने हाम्रो आग्रह हो। राजश्व र खर्चको अनुमान गत बर्षको बजेटमा नभइ वास्तविक खर्चको बढिमा १० प्रतिशत बढाइ खर्च र राजश्व अनुमान गर्नु उपयुक्त हुन्छ।’
उनले वित्तीय र मौद्रिक नीतिमार्फत लगानी बढाउन सुधारको नीति आवश्यक रहेको उल्लेख गरे। अध्यक्ष ढकालले लगानी आकर्षित गरि उत्पादनमूलक उद्योगहरूको प्रतिष्पर्धात्मक क्षमता बढाउनु अर्को चुनौति रहेको भन्दै उत्पादनमुलक उद्योगको क्षमता बिस्तार गर्न सबै चक्रमा बजेटले हस्तक्षेपकारी सहुलियत र सहयोग गर्न आवश्यक देखिएको उल्लेख गरे। उनले उद्यमशीलता नीति बनाइ उद्यमी नेपाली कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। उनले उत्पादन, आयात प्रतिस्थापन र निर्यातको आधारमा सहुलियत दिइने उत्पादनमा आधारित सहुलियत कार्यक्रम पाँच वर्ष सञ्चालन गर्नु पर्नेमाग गरे। उनले मंगलवार आएको नीति तथा कार्यक्रमले निजी क्षेत्रद्धारा प्रवद्र्धन हुने लगानी कम्पनीलाई प्रवर्द्धन गर्ने विषय समेटिएकाले निज क्षेत्र खुशी रहेको बताए। उनले अर्थतन्त्र र निजी क्षेत्रका मुलभुत समस्या सम्बोधन गरि दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न बजेटले रुपान्तरणकारी भुमिका निर्वाह गर्नुपर्ने माग निजी क्षेत्रको रहेको उल्लेख गरे। उनले बजेटले मौद्रिक नीतिको पनि दिशा निर्देश गर्ने हुँदा वित्तीय क्षेत्रमा रहेको अधिक तरलता निजी क्षेत्रमा प्रवाह हुने नीति ल्याउनुपर्ने बताए। उनले निजी क्षेत्रलाई आकर्षित गर्न कर्जा प्रवाह र उठाउने नीतिमा सुधार आवश्यक रहेको बताए। पुनः संरचना र पुनःतालिकीकरण लगायत चालु पुँजी कर्जा सम्बन्धि व्यवस्था बैंक र ऋणी दुवैले आपसी सहमतिमा गर्नसक्ने व्यवस्था मिलाउनु पर्ने सुझाव दिए। महासंघले नेपालमा उद्यमशीलताको भविष्य सुनिश्चित गर्न लघु, घरेलु एवं साना उद्यमीको स्थापना सञ्चालन र वहिर्गन सहज बनाउन सानालाई सहुलियत कार्यक्रम सञ्चालन गर्नु माग गरेको छ। लघु घरेलु साना एवं मझौला उद्यमीले हाल पाँच भन्दा बढी स्थानमा दर्तामात्रै गर्नुपरेकाले एकै ठाउँमा दर्ता हुनेगरि स्थानिय तहलाई अधिकार दिनुपर्ने महासंघको भनाई छ। प्रविधिबाट समृद्धि कार्यक्रम अन्तर्गत सेवा व्यापार बिस्तार र अन्य उद्योग व्यवसायको प्रमुख उत्प्रेरकका रुपमा बिकास गर्नु आवश्यक रहेको बताए। सूचना प्रविधिसँग सम्बन्धित निर्यातमुखी फर्म कम्पनीहरूलाई पाँच वर्षसम्म एक प्रतिशतमात्रै आयकर लाग्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार