free website hit counter

विद्यार्थीसँग सिटिजनको बीमा अन्तक्रिया

beemaadmin
२०७८ चैत्र ३, बिहीबार

काठमाडौं । व्यवसाय विस्तारका लागि बीमा चेतना फैलाउन लागिपरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश न ३, ४ र ५ मा एकै दिन विभिन्न स्कुल तथा कलेजका करिव १८०० विद्यार्थीसँग बीमा अन्तक्रिया कार्यक्रम सञ्चालन गरेको छ । आजका विद्यार्थी भोलिका कर्णधार हुन उनीहरुले बीमा बारे ज्ञान हाँसिल गरेमा यस प्रति उनीहरुको आकर्षण बढ्ने र दिर्घकालिन रुपमा जनशक्ति अभाव लाई पुरा गर्न सक्नेछन् भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ ।


विद्याथीलाई बीमा बारे ज्ञान भयो भने आफ्नो परिवार, समाजलाई बुझाउन सक्ने र बीमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले सुरु गरिएको विद्यार्थीसँग बीमा कार्यक्रमले हाल देशव्यापी रुपमा निकै चर्चा बटुलेको छ । यस अघि पनि कम्पनीले बीमा जागरण अभियानलाई निरन्तर रुपमा गर्दै आइरहेको छ । समृद्धि तपाईको साथ हाम्रो भन्ने मुल नारा सहित सफल लगानिकर्ता, दुरदर्शी एवंम दक्ष म्यानेजमेन्ट टिम, राष्ट्रका गहनाको रुपमा पृथक पहिचान बनाएका ब्राण्डएम्बास्डर मह जोडि, नेपाल मै पहिलो पटक जारि गरिएका नविनतम बीमा योजनाहरु, २० घातक रोगमा ५० लाख सम्मको उपचार खर्च, सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायतका कार्यक्रमहरुले कम्पनीको पहिचान पृथक बनाएको छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार