free website hit counter

विद्युत बिक्री आम्दानीसँगै घट्यो बुटवल पावरको नाफा

beemaadmin
२०८० श्रावण २६, शुक्रबार

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ७२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।५३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री गरी ७७ करोड ५० लाख रुपैयाँ कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १००.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.१९ प्रतिशत घटेको छ। विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले २७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६० पैसा घटेर ७ रुपैयाँ ८४ पैसामा अन्तिम कारोबार भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.१६ गुणा रहेको छ। ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार