free website hit counter

विद्रोहको घोषणापछि सवारी साधनमा जोर बिजोर हट्यो

beemaadmin
२०७७ पुष २, बिहीबार

काठमाडौं । यातायात व्यवसायीले विद्रोह नै गर्ने घोषणा गरेपछि उपत्यकामा तीन महिनादेखि लागू भएको सवारी साधनमाथिको जोर बिजोर प्रणाली भोलिदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्तिमार्फत जोर बिजोर हटाएको सूचना प्रकासित गरेको छ। । जोर बिजोर लागू हुँदा सार्वजनिक यातायातमा बढी भीड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले भोलि विहानदेखि जोरविजोर प्रणाली हटाउन लागिएको हो । उपत्यकामा निषेधाज्ञा हटाइएपनि सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थिएन ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले विभिन्न व्यवसायिक प्रतिष्ठान, उद्योग कारखानाहरुले जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्दा सार्वजनिक साधनको संख्या कम भई यात्रीहरुको चाप झनै बढेकाले यात्रुको सुविधाको लागि बढी सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिडको जोखिम समेत कम हुने भएकाले भोलिदेखि उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए । साथै मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन, २०२० बमोमि कारबाही गरिने बताइएको छ । यसअघि यातायात व्यावसायीहरुले भोलिदेखि जोरबिजोर प्रणालीलाई नमान्ने बताएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात स्वतन्त्र व्यावसायी संगठनको संयुक्त बैठकले शक्रबारबाट जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार