काठमाडौं । लगातारको लकडाउका कारण जनजीवन अस्तव्यस्त बनिरहेको बेला पतञ्जली योग पीठ नेपालले प्रभावित क्षेत्रमा खाद्यान्न, मास्क, साबुनका अलावा बुढानिलकण्ठ नगरपालिकाको प्रकोष व्यवस्थापन कोषमा १ लाख २५ हजार नगद संस्थाको तर्फबाट हस्तान्तरण गर्नुभएका पतञ्जली योगपिठ नेपालका प्रमुख शालिग्राम सिंहले नगरपालिकाको ८ नम्बर वडा कार्यालयलाई मेडिकल सागम्रीहरु हस्तान्तरण गर्नुभएको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष समेत रहनुभएका सिंहले केही दिनअघि मात्र जनकपुरमा जनकपुर मेडिकल स्टुडेन्ट सोसाइटीद्वारा आयोजित व्यक्तिगत स्वच्छता कार्यक्रममा ६ सय थान माक्स विवतरण गर्नुभएको थियो । त्यसैगरी मनरा सिस्वा नगरपालिकाका प्रमुख सञ्जय सिंहलाई नगरवासीलाई राहत वितरण गर्नका लागि आवश्यक सामग्री वितरण गर्नुभएका सिंहले लकडाउनपछि विभिन्न ठाउँमा आवश्यक सागम्री वितरण गर्दै आउनुभएको छ । विभिन्न पालिकाहरु, प्रहरी प्रशासन र कोरोना रोकथाम नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका व्यक्तिहरुलाई आवश्यक स्वास्थ्य र सुरक्षा सामग्रीहरु वितरण गर्दै आउनुभएका सिंहले लकडाउनका कारण पतञ्जली योगपीठ हरिद्वार (भारत) बाट सामानहरु आउन नसकेको कारण चाहेर पनि सोचेअनुसारको सहयोग गर्न नपाएको बताउनुभयो । स्कटका रहेका सामानहरु वितरण गरिरहेका छौं । जुनसुकै प्राकृतिक प्रकोप, महामारीले सिर्जित हुने समस्या र त्यो समस्याका कारण जनजीविकामा पर्ने प्रभावलाई केही मात्रामा भए पनि न्युनिकरण गर्नका लागि राहत वितरण कार्यमा सिंहको सक्रियता सधैं रहँदै आएको छ । त्यसैले पतञ्जली र सिंहलाई चिन्नेहरु विपदको सारथी भएको बताउँछन् ।