free website hit counter

विश्व बैंकको अनुदान नलिएको सीजीको स्पष्टोक्ति

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौँ । सीजी कम्युनिकेशनले मुलुकमा दुरसञ्चार सेवा सञ्चालनका लागि विश्व बैङ्कसँग कुनै आर्थिक अनुदान नलिएको दाबी गरेको छ । कम्पनीले मुलुकमा टेलिकम्युनिकेशन सेवा सञ्चालनका लागि विश्व बैङ्कसँग १ करोड १८ लाख अमेरिकी डलर अनुदान लिएको समाचारप्रति खण्डन गर्दै सो रकम आफूले नलिएर तत्कालिन एसटिएम टेलिकम सञ्चार प्रालिले लिएको जनाएको छ । उक्त विषयमा विभिन्न सञ्चार माध्यमा सीजीले नै उक्त रकम अनुदान लिएको समाचार आएपछि आइतबार एक विज्ञप्ती जारी गर्दै कम्पनीले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

सो रकम सीजीले नभएर तत्कालिन समयमा एसटिएम टेलिकम सञ्चार प्रा।लिले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दुरसञ्चार सेवा विस्तार गर्न विश्व बैङ्कबाट पुँजीगत अनुदान प्राप्त गरेको सीजीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सीजीका अनुसार नेपाल दुरसञ्चार प्राधिकरणले विश्व बैङ्कको ऋण सहयोगमा सञ्चालित ‘दुरसञ्चार क्षेत्र सुधार परियोजना’ अन्तर्गत सन् २००३ मा पूर्वाञ्चलका ५३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउन आह्वान गरेको बोलपत्रमा तत्कालीन एसटीएम छानिएको थियो । सोही परियोजना अनुसार तत्कालिन एसटीएमले त्यस बेला विश्व बैङ्कको अनुदान रकम पाएको हो ।

Advertisement
Advertisement

तर अहिले एसटीएम अस्तित्वमा छैन । सन् २०१३ मा सीजी समूह अन्तरगतको सीजी टेलले एसटीएम खरिद गरिसकेको छ । तत्कालिन समयमा एसटीएम अनुदान रकम पाएपनि उक्त रकम अनुदान उपहारको रुपमा नभएर सशर्त कार्यप्रगती र मापदण्डहरु पुरा गरिसकेपछि पाँच किस्तामा प्राप्त गरेको सीजीको भनाई छ ।

Advertisement
Advertisement

सो समयमा एसटीमले तोकिएको समय र क्षेत्रमा १ हजार ४ सय पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दुरसञ्चार प्राधिकरणले सन् २००७ अप्रिल २ मा परियोजना सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो ।

सम्बन्धित समाचार