free website hit counter

वैदेशिक लगानीको हिसाव किताव खोज्दै उद्योग विभाग

beemaadmin
२०७६ पुष ८, मंगलवार

काठमाडौं । नेपालमा विदेशी लगानी स्वीकृतीका लागि उद्योग विभागले स्वीकृति दिएको भए पनि वैदेशिक लगानीमा सञ्चालित उद्योगहरुले उद्योग विभागसमक्ष प्रतिबद्धता व्यक्त गरेको लगानी भित्र्याएको/नभित्र्याएको बारेमा यकिन तथ्यांक छैन । विभागसमक्ष प्रतिबद्धता व्यक्त गरेका उद्योगहरुले लगानी भित्र्याएको/नभित्र्याएको अनुगमन समेत हुन सकेको छैन । तथ्यांकमा विदेशी लगानी भित्रिएको र प्रतिबद्धताको रकम बढी देखिए पनि यथार्थमा त्यस्तो छैन । यही कुरालाई मध्यनजर गर्दै उद्योग विभागले विभागबाट वैदेशिक लगानी स्वीकृत हुनुपूर्व विदेशी लगानी भित्र्यायाइ उद्योगमा लगानी गरेका वा गरिरहेका विदेशी लगानीकर्ताहरुलाई तोकिएको ढाँचामा २१ दिनभित्र विवरण उपलब्ध गराउन लगानीकर्ता र कम्पनीहरुलाई अनुरोध गरेको छ ।

मंसिर २२ गते सार्वजनिक सूचनामार्फत् विभागले उक्त तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको हो । पहिलो पटक गरिएको उक्त अनुरोधमा तीन ठूला उद्योगले विभागसमक्ष विवरण उपलब्ध गराएका छन् । वैदेशिक लगानी प्रविधि शाखाका निर्देशक उदय गुप्ताकाअनुसार कुन कुन मितिमा कति कति रकम भित्र्याइएको हो त्यसको यकिन तथ्यांक अभिलेखीकरण गर्नका लागि उक्त सार्वजनिक सूचना जारी गरिएको हो । अहिलेसम्म तीन ठूला उद्योगले विवरण उपलब्ध गराएका छन् भने बाँकी उद्योगहरुले पनि विवरण उपलब्ध गराउने अपेक्षा विभागले राखेको छ ।

वैदेशिक लगानीमा सञ्चालित उद्योगहरुले आफ्नो प्रतिबद्धताबमोजिम ७० प्रतिशत लगानी ल्याएको दाबी गरे पनि त्यसको तथ्यांकन हुन सकेको थिएन । अब उनीहरुले दाबी गरेबमोजिमको सत्यता छ कि छैन भन्ने कुरा विभागले माग गरेको जानकारी प्राप्त भएपछि हुनेछ । उक्त विवरण उपलब्ध गराउनका लागि विभागले विदेशी लगानी स्वीकृति पत्र वा शेयर खरिद बिक्रीको स्वीकृति पत्र, कम्पनी दर्तासबन्धी कागजात, उद्योग दर्तासम्बन्धी कागजात, लगानी भित्र्याएको कागजात लगायतका कागजातहरु उपलब्ध गराउन माग गरिएको छ ।

सम्बन्धित समाचार