free website hit counter

शनिबारबाट दैनिक १० हजार सिलिण्डर थपिँदै

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । कोरोनाको संन्त्रास एकातिर छ भने बजारमा अर्को आतंक सिर्जित भएको छ । सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरुले सन्त्रास फैलाउने किसिमका सामग्री प्रकाशन गर्न थालेपछि राजधानीका उपभोक्ता चाहिनेभन्दा बढी सचेत बन्दा बजारमा ग्यास, खाद्यान्न र औषधिजन्य सामग्रीहरुको अभाव देखिन थालेको छ । यस्तो अवस्था आउन थालेपछि सरकारले आवश्यकता भन्दा बढि ग्यास सिलिण्डर लैजाने उपभोक्ताको रेकर्ड राख्ने भएको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मन्त्रालयको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएका हुन ।

कोरोना भाइरसको प्रभाव बढिरहेको बेला उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास लगेर बजारमा अभाव सिर्जना गरेको भन्दै रेकर्ड राख्न थालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । एउटा सामान्य परिवारले दश ओटासम्म ग्यास राख्न लागेको भन्दै उनले अभावको अवस्था अन्त्यका लागि रेकर्ड राख्न थालिने बताए पनि बजार अझै सामान्य बन्न सकेको छैन । मन्त्री भट्टले आवश्यकता भन्दा बढि सिलिण्डर नराख्न समेत उपभोक्ताई अनुरोध गरेका छन् ।

पत्रकार सम्मेलनमा उपस्थित भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले शनिवारबाट दैनिक ४४ हजार सिलिण्डर ग्यास बजारमा पठाउने जानकारी दिए । अहिले दैनिक ३० हजार सिलिण्डर बजारमा पठाइरहेको बताउँदै उनले थप मागलाई सम्बोधन गर्न उत्पादन बृद्धि गर्न लागिएको बताए । ग्यास उद्योगीहरुसँगको छलफलमा शनिवारबाटै उत्पादन बढाएर बजारमा सिलिण्डर पठाउने सहमति भएको जानकारी दिए ।बजारमा देखिएको अभावलाई यो उत्पादनले सहज बनाउने उनको विश्वास छ ।

सम्बन्धित समाचार