free website hit counter

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

beemaadmin
२०७९ असार ४, शनिबार

काठमाडौं । दूरदराजका नागरिकलाई समेत स्वास्थ्य पहुँच बढाउन सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमको अनुगमन र त्यसको प्रभावकारिताका कारेमा सरकार बेखवर बन्दा त्यो कार्यक्रममा सरकारले गरेको लगानी र जनताको विश्वास बालुवामा पानी भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ।
‘अस्पतालबाट संचालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, सूचनामा भनिएको छ। अस्पतालले २०७७ साल मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार