free website hit counter

शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क ७४ करोड

beemaadmin
२०७८ माघ २९, शनिबार

काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब स्थिर रहेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६६ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि सामान्य मात्र बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७६ करोड २२ लाख रुपैयाँ संकलन गरेको छ। समीक्षा अवधिमा कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ११.४९ प्रतिशत बढेको छ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सले ७ हजार १५१ दाबीबापत ८५ करोड ३३ लाख रुपैयाँ खुद भुक्तानी गरेको छ भने १५ हजार ३४६ दाबीबापत २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३५ रुपैयाँ १३ पैसाबाट ७ रुपैयाँ ४९ पैसा घटेर २७ रुपैयाँ ६४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको यस्तो आम्दानी घटेको हो।
समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी २७।९४ प्रतिशत बढेको छ भने जगेडा कोष २३.८५ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६५.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ९७ पैसा रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार