काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा कम्पनीमध्ये उत्कृष्ट बन्न सफल भएको छ । न्यू बिजनेश एज प्रालिले कम्पनीलाई अन्य कम्पनीको तुलनामा उत्कृष्ट घोषणा गरेको हो । यससँगै कम्पनीले ‘बेष्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी २०२२’ अवार्ड पाउन सफल भएको छ । सोमबार आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा कम्पनीले उक्त अवार्ड पाएको हो ।
सगरमाथा दोश्रो
निर्जीवन बीमा कम्पनीमध्ये सगरमाथा इन्स्योरेन्स दोश्रो उत्कृष्ट बीमा कम्पनी बन्न सफल भएको छ । न्यू बिजनेश एज प्रालिले सगरमाथालाई शिखर इन्स्योरेन्सपछिको उत्कृष्ट निर्जीवन बीमा कम्पनी घोषणा गरेको हो । यससँगै कम्पनीले दोश्रो बेष्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी २०२२’ अवार्ड पाउन सफल भएको छ । सोमबार आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा कम्पनीले उक्त अवार्ड पाएको हो । उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ चंकी क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।