free website hit counter

शिवम् सिमेन्टको नाफा ५७ प्रतिशतले घट्यो

beemaadmin
२०८१ श्रावण २७, आईतवार

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष ७ अर्ब ७० करोडको आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ०.५८ प्रतिशत घटेको हो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ५७.९३ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षमा २५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सञ्चालन आम्दानी सामान्य घटेपनि अन्य आम्दानी घटेको र बिक्री लागत बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४५.४१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ४.१८ प्रतिशत घटेको छ। नाफासँगै कम्पनीको प्रतिशयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ५४ पैसा घटेर ४ रुपैयाँ ९८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १००.८६ गुणा रहेको छ। ५ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार