free website hit counter

शिवम् सिमेन्ट्सको बढ्यो नाफा

beemaadmin
२०८० माघ २७, शनिबार

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो। बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६७.६७ प्रतिशत घटेर १४ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको बिक्री लागत तथा अन्य खर्च बढेको र अन्य आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २०.५२ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४७.४० प्रतिशत घटेको छ। कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा ७.६७ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ९८ पैसा घटेर ५ रुपैयाँ ९१ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८८.८३ गुणा रहेको छ। ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार