काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरणअनुसार कुल बीमाशुल्क आम्दानी रु. ४८,८०,३३,४४५।६२ रहेको जनाएको छ । कम्पनीको खुद बीमाशुल्क आम्दानी रु। २३,०७,५२,४२६।२० रहेकोमा खुद नाफा रु। २,२२,१२,१०२।५३ रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको लगानी गत आवको तुलनामा ३।९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु. ६९,८४,४२,१३१।७४ पुगेको छ । आव २०७५।०७६ मा कम्पनीको कुल कारोवार गत आव २०७४।०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई रु. ४८,८०,३३,४४५।६२ बीमाशुल्क आर्जन गरेको छ ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७६।०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको छ ।
कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरेको छ ।