काठमाडौं । कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएको छ । राजधानी उपत्यका लगायत देशभर कोरोना संक्रमित थपिने क्रममा छन् । सरकारको पूर्व तयारी फितलो रहेकै बेला बढ्दो संक्रमणले भोलिका दिन भयावह रहेको संकेत गर्न थालेको छ ।
नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
विहीबार संक्रमितको संख्या २१ हजार ७५० थियो । हालसम्म ६ हजार ३३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कुन जिल्ल्लामा कति संक्रमित ?
डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापका एकजना, सुनसरीका एकजना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका २९ जना, प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३५ जना, झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १० जना,सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ४ जना, पर्साका १३४ जना, रौतटका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका एकजना, ललितपुरका ३ जना, काठमाडौंका १४ जना, नुवाकोटका ८ जना, सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, बाराका २ जना, कैलालीका २ जना, काठमाडौंका ३९ जना, सर्लाहीका २ जना ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका एकजना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका ४ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, धनुषाका एकजना, भक्तपुरका एकजना, ललिपुरका २ जना र कास्कीका एकजनामा कोेरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाँकेका एकजना, काठमाडौंका ४ जना, बाराका एकजना र बर्दियाका एकजनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ७ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जना, ललितपुरका एकजना, पर्साका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । डीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका १ जना र काठमाडौंका २ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौंका एकजना, स्याङ्जाका एकजना र पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना र कास्कीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना र नवलपरासीका २ जनामा कोरोना पुष्टि भएको छ । यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २८ जना, बर्दियाका १४ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कालिकोटका ४ जना, सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरिया हेल्थ केयर काठमाडौंमा गरिएको परीक्षणमा ४ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एक जना, कैलालीका १७ जना र कंचनपुरका एकजनामा कोरोना संक्रणण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा १०६ जना
कोरोना संक्रमणको हटस्पट बन्दै गएको राजधानी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।