free website hit counter

संक्रमण बढेपछि रोकियो कोरोना बीमा (पत्रसहित)

beemaadmin
२०७७ जेष्ठ २२, बिहीबार

काठमाडौं । सरकारले बजेटमार्फत् नै आगामी आर्थिक वर्षका लागि कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरे पनि संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै कोरोना बीमा हाललाई स्थगित गरिएको छ । कुनै पनि महामारीको जोखिम बीमाले गर्दैन त्यो सत्य हो । तर नेपालमा कोरोना संक्रमणको जोखिम उठाउने हिम्मत बीमा कम्पनीले गरेका थिए । । तर कोरोना बीमा हालको लागि स्थगित गर्ने निर्णय भएको छ । बिहिबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफलले हाललाई कोरोना बीमा रोक्ने निर्णय भएको हो । पछिल्ला दिनमा कोरोना संक्रमित सयौंको संख्यामा बढ्न थालेपछि र संक्रमणले भयावह अवस्था सिर्जना गर्ने अवस्था आउने पूर्व संकेतहरु दिन थालेपछि बीमा समितिले बीमा व्यवसायलाई नै संकटमा पर्न सक्ने भन्दै कोरोना बीमा हाललाई रोक्ने निर्णय गरेको हो । बीमा समितिको निर्देशन अनुसार बैशाख ७ गते देखि सुरु भएको कोरोना बीमा ४८ दिनमै बन्द भएको छ । दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बीमक संघले बीमा समितिसंग छलफल गरेर कोरोना बीमा रोक्ने निर्णय गरेको हो । कोरोना संक्रमितको संख्या यहि रुपमा बढ्दै जाने हो भने बीमा कम्पनीहरूलाई दायित्व वहन गर्न गाह्रो हुने बीमक संघका महासचिव चंकी क्षेत्रीले स्वीकार गरेका छन् ।
यद्यपी सरकारले पनि आगामी आर्थिक वर्षको बजेट मार्फत कोरोना बीमालाई प्राथमिकता दिएको थियो । बजेट मार्फत सामूहिक बीमा गर्नेलाई बीमाशुल्कमा ५० प्रतिशत अनुदान र सम्पूर्ण सरकारी कर्मचारीहरुलाई सरकारले निशुल्क कोरोना बीमा गर्ने घोषण भएको थियो ।

सम्बन्धित समाचार