free website hit counter

सडकको क्षति दावी ४६ लाख रुपैयाँ

beemaadmin
२०७७ असार ३१, बुधबार

काठमाडौं । सडक निर्माणका क्रममा पुगेको क्षति बापत राष्ट्रिय बीमा कम्पनीले जनकपुर सडकको निमार्ण कार्य क्षति दावी स्वरुप ४६ लाख ८३ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। डिल्ली राज अर्यालले सम्वन्धित कम्पनीका प्रतिनिधीलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । जनकपुर परिक्रमा, व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत जटही जनकपुर सडक विस्तार तथा स्तरोन्नति कार्य निर्माण व्यवसायी लामार डाँफे र धुकुछुबाट भइरहेको थियो । र, उक्त सडकको बीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा गरिएको थियो । गत वर्ष २०७६ असार २६, २७ र २८ को अबिरल वर्षाको बाढीले सडक खण्डको विभिन्न स्थानहरुमा पानी जम्मा भई निर्माण सामाग्रीहरु लगायत सडकको निमार्ण कार्य समेतमा क्षति भई दावी परेकोमा बीमा कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।

सम्बन्धित समाचार