free website hit counter

सन्दीपले गराए शल्यक्रिया, पुनरावेदन गर्दै

beemaadmin
२०८० फाल्गुन ९, बुधबार

काठमाडौं । सम्मानित अदालतको फैसलापछि राष्ट्रिय टिमबाट निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेले शरीरमा निस्किएका ट्युमर (लाइपोमा) को शल्यक्रिया (अपरेसन) गराएका छन्। उनी निकट स्रोतका अनुसार लामिछानेले काठमाडौँको सिल्भरलाइन हस्पिटलमा मंगलबार साँझ लाइपोमाको शल्यक्रिया गराएका हुन्। लाइपोमा भनेको शरीरमा रहेको नरम तन्तुमा आउन सक्ने बोसोको साधारण डल्लो (ट्युमर) हो। लामिछानेको शरीरका विभिन्न भागमा ७ वटा गाँठा थिए। त्यसैलाई अपरेसन गरेर हटाइएको हो। सन्दीपले लाइपोमाको दोस्रोपटक शल्यक्रिया गराएका हुन्। यसअघि पनि उनले यसको अपरेसन गराएका थिए। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्षको कैद सजाय सुनाएयता सन्दीप चिन्तामा पनि छन्। अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट गतिविधिबाट वञ्चित गरेपछि हाल उनी घरमै बसिरहेका छन्। जिल्ला अदालतको फैसलाविरुद्ध उनी उच्च अदालतमा पुनरावेदन गर्ने अन्तिम तयारीमा छन्।

पुनरावेदन गर्दै सन्दीप
क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ । जिल्ला अदालतले सन्दीपलाई दोषि ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौति दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् । सन्दीप अहिले अस्पतालमा छन् । उनको शरीरका रहेको लाइपोमाको शल्यक्रिया भइरहेको छ । हिजो उनको शरीरका सातवटा गिर्खा निकालिएको थियो भने आज थप ४ वटा निकालिएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार