free website hit counter

सन नेपालद्वारा मृत्यु दावी भुक्तानी

beemaadmin
२०७८ माघ १७, सोमबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको असामयिक निधनपछि मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको हो। कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १४ निवासी लोक बहादुर विकको परिवारलाई बीमाङक रकम १ लाख रुपैयाँ र आर्जित बोनश वापतको रकम १२ हजार ९ सय गरी जम्मा १ लाख १२ हजार ९ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । निजले सन नेपाल लाइफ गुल्मी शाखामा दुई वर्ष अघि १ लाख बीमांकको नवीन आजीवन बीमा पोलिसी खरिद गरेका थिए । कृषि पेशा गर्दै आएका विकको अचानक मृत्यु भएको थियो । कम्पनीले उक्त रकम बरावरको चेक बीमित स्व लोकबहादुरकी श्रीमती सावित्रालाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो । बीमितलाई सहज तरिकाले सेवा दिनको लागि कम्पनीले आफ्नो शुरुवाती दिनदेखि नै प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना बीमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार