काठमाडौं । जीवन बीमा बजारमा आफूलाई सबल बनाएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा याक एण्ड यती होटल, दरबार मार्ग, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले अघिल्लो आर्थिक वर्ष २०७७र७८ र गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरीक्षक के।पि।आर एशोसियट्स, चाटर्ड एकाउन्टेन्टस् कृष्ण प्रसाद रेग्मी पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पनि पारित गरेको छ । सभामार्फत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट संशोधनका सम्बन्धमा कुनै सुझाव वा निर्देशन भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ । सभा मार्फत कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तनको विषयमा छलफल गर्ने प्रस्ताव पारित भएको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणमा प्रतिकित्ता १ सय रुपैयाँ प्रिमियम वापत १५० दशमलव ५० थप गरी प्रतिकित्ता २५० दशमलव ५५ मा आइपीओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।