free website hit counter

सन नेपाल लाइफद्वारा बिमित थारुलाई ७० हजार रुपैयाँ दाबी भुक्तानी

beemaadmin
२०८३ भाद्र १२, शुक्रबार

गुल्मी । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गुल्मी शाखाले एक विशेष कार्यक्रमबीच बिमित दिपेन्द्र थारुलाई ‘सन मेडिकेयर’ सुविधाअन्तर्गत उपचार खर्चबापत ७० हजार रुपैयाँ दाबी रकम प्रदान गरेको छ।

रुपन्देही निवासी थारु रोजगारीका क्रममा गुल्मीको इस्मा गाउँपालिका–२, छल्दीमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। कार्यस्थलमा काम गर्ने क्रममा अचानक काठ खुट्टामा बजारिँदा उनको खुट्टाको हड्डी भाँचिएको थियो। त्यसपछि अस्पतालमा भर्ना भई चार दिनसम्म उपचार तथा शल्यक्रिया गराएका उनलाई कम्पनीको नियमानुसार ‘आपतमा राहत’ सुविधाअन्तर्गत उक्त दाबी रकम प्रदान गरिएको हो।

Advertisement
Advertisement

कम्पनीका गुल्मी शाखा प्रमुख नवीन अर्यालका अनुसार सन नेपाल लाइफको ‘आपतमा राहत’ सुविधाअन्तर्गत न्यूनतम वार्षिक १ हजार ३९३ रुपैयाँमा विभिन्न आकस्मिक स्वास्थ्य समस्याको उपचारका लागि वार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सकिने व्यवस्था छ।

Advertisement
Advertisement

उनका अनुसार यस सुविधाअन्तर्गत सडक, घर वा कार्यस्थलमा हुने दुर्घटना, एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस, हृदयाघात, मस्तिष्कघात, विद्युतीय तथा अन्य जलन, डुबान, खाद्य विषाक्तता वा विषादीबाट हुने संक्रमण, आन्द्रामा रगत बग्ने, कीरा वा सर्पको टोकाइ, तापघात, मस्तिष्कमा चोट, गर्भाशयबाहिरको गर्भ, मानसिक स्वास्थ्य संकट तथा घाउमा संक्रमणजस्ता १५ प्रकारका स्वास्थ्य समस्यामा उपचार सुविधा उपलब्ध हुने उनले बताए।

अर्यालले बीमालाई दुःखको सहारा भन्दै हरेक नागरिकमा बीमा चेतना विस्तार गर्न सके आकस्मिक घटना तथा भवितव्यका समयमा आर्थिक राहत प्राप्त हुने बताए। यसले पीडित व्यक्ति तथा राज्य दुवैमाथि पर्ने आर्थिक भार कम गर्न पनि सहयोग पुग्ने उनको भनाइ थियो।

बीमा दाबी रकम इस्मा गाउँपालिका–२ को वडा कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष लोकनाथ आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाको प्रशंसा गरे।

उनले सामान्य दुर्घटना वा स्वास्थ्य समस्या पर्दासमेत उपचार खर्चका लागि राहत प्राप्त हुनु सकारात्मक रहेको उल्लेख गर्दै नागरिकलाई बीमामा आबद्ध हुन आग्रह गरे। बीमाले विपद् र आकस्मिक परिस्थितिमा आर्थिक सुरक्षाको आधार प्रदान गर्ने उनको भनाइ थियो।

कार्यक्रममा जनप्रतिनिधि, वडा कर्मचारी, स्थानीयवासी, सन नेपाल लाइफका अभिकर्ता, एजेन्सी म्यानेजर तथा कर्मचारीहरूको उपस्थिति रहेको कम्पनीका गुल्मी शाखाका सीईई सरोज सिंह सनारीले जानकारी दिए।

सम्बन्धित समाचार