काठमाडौं । सपोर्ट लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको आइतबार बसेको सञ्चालक समितिले शेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७२५ प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।