free website hit counter

सरकार बीर अस्पतालका स्वास्थ्यकर्मीले टायरै बाल्नु पर्ने हो ?

beemaadmin
२०७७ मंसिर ९, मंगलवार

काठमाडौं । अहिले सबैभन्दा जोखिम मोलेर काम गरेको स्वास्थ्य क्षेत्रलाई समेत सरकारले झुक्याउँदै आएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर,नर्स तथा स्वास्थ्यकर्मीलाई जोखिमभत्ता नदिएको लगायतका विभिन्न माग राख्दै वीर अस्पतालका कर्मचारीहरु ३६ दिनदेखि आन्दोलनमा छन् । अस्पतालको सेवा प्रभावित नहुने गरि ३६ दिनदेखि आन्दोलन जारी राखेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अस्पतालमा आजबाट पदाधिकारीहरुलाई प्रवेश गर्न नदिने भएका छन् ।
अहिलेसम्मको जोखिमभत्ता पाउनुपर्ने, वर्षोदेखि खाइपाइ आउको वार्षिक र्आषधि खरिद खर्च पाउनपर्ने, अस्पतालमा कोभिडको मात्र नभई अरु सेवा पनि विस्तार गरिनुपर्ने, गुणस्तरीय उपकरण तथा व्यक्तिगत सुरक्षाका सामग्री उपलव्ध हुनपर्ने, कर्मचारीहरुको बीमा गर्नपर्ने, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारीको म्याद थप तथा समान सुविधा हुनुपर्ने, ट्रमा सेन्टर न्याम्स अन्तर्गत हुनुपर्ने, प्रतिष्ठान अन्तर्गत रहेका कर्मचारीहरुले अवबाश पाउँदा उपदान पाउनुपर्ने लगायतका माग राखी आफुहरु आन्दोलित भएको वीर अस्पताल कर्मचारी युनियनका सचिव दिपक मुडवरीले जानकारी दिनुभयो । उहाँले ३६ दिनसम्म पनि आफुहरुको मागको कुनैपनि सुनुवाई नभएकाले आजदेखि पदाधिकारी प्रवेशमा रोक लगाइएको बताउनुभयो ।

हालसम्म अस्पतालको सेवामा असर नपारी आन्दोलन जारी राखिएकोमा अबका दिनमा आन्दोलन कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा अहिले कर्मचारीबीच छलफल भइरहेको मुडवरीले जानकारी दिनुभयो । डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित अस्पतालका झण्डै १५०० कर्मचारी आन्दोलनमा छन् ।  यति लामो आन्दोलन भइसक्दा पनि किन सम्बन्धित निकायले आवाज सुन्दैन । कि सडकमा निस्केर टायर नबालेसम्म आन्दोलनकारीको माग पूरा हुँदैन ?

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार