free website hit counter

सस्तो ब्याजमा घर-घडेरी कर्जा

beemaadmin
२०७७ श्रावण २०, मंगलवार

काठमाडौं । तरलताको अवस्था बढ्दै गएको बेला बैंकहरुले कर्जाको ब्याज एक अंकमा झार्न थालेका छन् । नेपालको पहिलो बैंक नेपाल बैंकले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्ष अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ।

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ । यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, सम्वृद्ध व्यवसाय कर्जा रघडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ । लघु उद्यम कर्जा तथा सम्वृद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ क्षेत्रकै न्युन ब्याजदर हो ।

Advertisement
Advertisement

यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार–व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त रु.२५ लाखदेखि ९९ लाखसम्मको लागि लघु उद्यम कर्जा र रु.१ करोडदेदि ३ करोड सम्मको चालु तथा स्थिर पुँजी ब्यबस्थापनका लागी सम्वृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने छ । दुबै प्रकारका कर्जाहरुअन्र्तगत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पुँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पुँजिकर्जा प्रदान गर्न सकिनेछ ।

Advertisement
Advertisement

लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ । घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो ।

सम्बन्धित समाचार