काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि महान्यायाधिवक्ताको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्वन्धी मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उनीमाथि २७ करोड ८९ लाख रुपियाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाउँदै आइतबार मुद्दा दर्ता गरेको हो । लामिछानेसँगै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माका अनुसार पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको छ । निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ । त्यसरी प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो । कुल ३१ जनालाई प्रतिवादी बनाइएकोमा आठ वटा कम्पनीहरु हुन् । यो प्रकरणमा कुल ६३ जनाविरुद्ध मुद्दा दायर भएको जनाइएको छ । सहकारी ठगीमा कुनै पनि प्रमाण नभेटिएपछि रविमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको हो ।