free website hit counter

सहायक श्रीमान् बन्यो उत्कृष्ट डकुमेन्ट्री

beemaadmin
२०७६ फाल्गुन ६, मंगलवार

काठमाडौं । नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट भएको छ । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले निफमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको हो । राष्ट्रिय सभागृहमा ५ दिनसम्म चलेको महोत्सवमा ४० वटा देशका ८० वटा फिल्म प्रतिस्पर्धामा थिए ।
वृत्तचित्र तथा लघु चलचित्र विधाकी निर्णायक मण्डल प्रमुख श्रीलंकन चलचित्रकर्मी अनोमा राजाकरुनाले निर्देशक पाण्डेलाई पुरस्कार तथा ट्रफी हस्तान्तरण गरिन् ।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ ।
सोही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरू माया र काम मात्रै बाँड्दैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीनवटा परिवारको कथालाई डकुमेन्ट्रीले उठाएको छ ।

सम्बन्धित समाचार