free website hit counter

सात वर्षमा  डिपोजिट डबल बनाउँदै कामना बैंक

beemaadmin
२०७६ माघ १६, बिहीबार

 

काठमाडौं । ग्राहकहरुका लागि समयसापेक्ष सुविधासहितका कार्यक्रम अघि सार्दै आइरहेको कामना सेवा विकास बैंकले डबल डिपोजिट मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । त्यस्ता ग्राहकलाई ७ लाखसम्मको दुर्घटना बीमाको समेत व्यवस्था गरिएको छ ।

यही माघ १४ गतेदेखि लागू हुनेगरी ल्याएको डबल डिपोजिट मुद्दतीखाता योजना अन्तगर्तत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने  भएका छन् । यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम १ लाख हुनुपर्नेछ ।

यसैगरी बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने हुंदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार