free website hit counter

साना किसान विकास लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८० मंसिर २४, आईतवार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २०४.४४ रुपैयाँको कुल २० प्रतिशतले हुनाले ६६ करोड ६३ लाख २३ हजार ६४०.८९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ४९ करोड ९७ लाख ४२ हजार ७३०.६७ रुपैयाँबराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने १६ करोड ६५ लाख ८० हजार ९१०।२२ रुपैयाँले हुन आउने नगद लाभांश (करसहित) रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार