free website hit counter

साना कुरा जसले कोरोना संक्रमण रोक्न सक्छन्

beemaadmin
२०७६ चैत्र १०, सोमबार

– हातमा औंठी तथा घडी नलगाऔं | साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन |
– नंग नपालौं |
– बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ |
– सकभर पत्रिका घरभित्र नराखौं | अनलाइन संस्करण पढौं |
– पैसाबाट कोरोना भाइरस सर्न सक्छ | पंजा लगाएर पैसाको काम गरौँ | पैसालाई घाममा राखौं |
– दुधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निस्संक्रमण गरौँ |
– अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ |
– स्विमिंग नगरौं |
– दाहिने हातलाई ( बायाँ हात चलाउनेले बायाँ हात ) अनुहार छुनबाट नियन्त्रण गरौँ |
– मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ |
– बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ | घरभित्र आउँदा आफुलाई शंका गरौँ |
– मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं | घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ |
– देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पुजा गरौँ |
– हरेक व्यक्तिसंग १.५ मिटरको दुरी कायम गरौँ |
– पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ |
– हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं | संक्रमण भयो भने तपाइंले जम्मा गरेका औषधि उपयोगी हुँदैनन् | त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाइंले किनेका खाध्य पदार्थ तपाईंले खान सक्नुहुन्न |
– कडा औषधि तथा स्टेरोइड सेवन नगरौं | गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउदै हटाउने तरिका सिकौं |

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार