free website hit counter

सानिमा जनरलले आइपीओ असोज २१ गतेदेखि बिक्री खुला गर्ने

beemaadmin
२०७७ आश्विन १५, बिहीबार

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गतेदेखि ३० करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । उक्त आइपीओमा छिटोमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा कार्तिक ६ गते बैंकिङ समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार