free website hit counter

सानिमा जिआईसी इन्स्योरेन्सले तोक्यो साधारणसभाको मिति

beemaadmin
२०८१ चैत्र ६, बुधबार

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभामा बोलाएको छ । इन्स्योरेन्सले चैत २१ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौंमा साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने र छैठौँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत ८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार