free website hit counter

सानिमा जीआईसीको वार्षिक साधारणसभा आह्वान

beemaadmin
२०८० जेष्ठ ३, बुधबार

काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियमन ११९क० संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले संस्थापक सेयरधनीका तर्फबाट ३ जना, सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु स्वीकृत गर्नेछ। साधारणसभाबाट पारित सामानय तथा विशेष प्रस्स्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकाय वा कार्यालबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार