free website hit counter

सानिमा बैंकले दिने भयो २१ प्रतिशत लाभांश

beemaadmin
२०७६ आश्विन १२, आईतवार

काठमाडौं। सानिमा बैंकले असोज २९ गतेका लागि तोकेको १५ औं वार्षिक साधारणसभाबाट ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गर्ने भएको छ । यो अघिल्ला पाँच वर्षको तुलनामा धेरै लाभांश हो । साधारणसभा प्रयोजनका लागि बैंकले असोज १३ गते बुक क्लोज गर्ने जनाएको छ। बैंकको हालको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ छ। चुक्ता पुँजीको १० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बोनस शेयर दिएसँगै चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ कायम हुनेछ।

लगानीकर्ताले बोनस शेयरसहित चाडवाडको समयमा कर प्रयोजन सहित ११.०५ प्रतिशत अर्थात ८८ करोड ४३ लाख रुपैयाँ नगद लाभांश पाउने भएका छन्।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार