free website hit counter

सानिमा रिलायन्स लाइफको एकीकृत कारोबार चैत ९ बाट

beemaadmin
२०७९ चैत्र ८, बुधबार

काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरेका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जर प्रक्रिया सम्पन्न गरी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। मर्जरपछि एकीकृत कम्पनीको रजिस्टर्ड र प्रधान कार्यालय काठमाण्डौको नयाँबानेश्वरमा हुनेछ।
यी दुवै कम्पनीको मर्जरलाई नेपाल बीमा प्राधिकरणले गत फागुन १८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयले भने गत फागुन २९ गते मर्जरलाई स्वीकृति प्रदान गरेको थियो। गत असार २९ गते यी दुवै कम्पनी आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता गरेका थिए। दुवै कम्पनीको गत फागुन १२ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार