free website hit counter

सानिमा रिलायन्स लाइफको वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०८१ चैत्र ८, शनिबार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश अनुमोदन गगरेको छ । जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) छन्। सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्ब २ करोड कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि कम्पनीको जारी पुँजी र चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको नयाँबानेश्वरबाट परिवर्तन गरी नक्साल कायम गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ । सभाले सभामा पारित प्रस्ताव स्वीकृतिका पेस हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार