free website hit counter

सानिमा लाइफद्वारा मृतकका परिवारलाई दाबी रकम हस्तान्तरण

beemaadmin
२०७८ आश्विन १३, बुधबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दुई बीमितको मृत्युपछि मृतकका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कोरोनाका कारण मृत्यु भएका एक र आत्महत्या गरेर मृत्यु भएका एक जना गरी दुई जनालाई मृत्यु दाबि भुक्तानी गरेको जनाएको छ ।
कम्पनीको इलाम शाखाले कोरानाले मृत्यु भएका इलाम नगरपालिकाका मनिषा तामाङ र आत्महत्या गरेर मृत्यु भएका इलाम नगरपालिकाकै कपिल मल्लिको परिवारलाई मृत्यु दाबि भुक्तानी गरेको हो ।

कम्पनीको उक्त शाखाले मृतक कपिल मल्लिकका श्रीमती रञ्जु डोमलाई ४२ हजार ६ सय ६६ रुपैंयाँ २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो भने मनिषा तामाङका श्रीमान कुमार तामाङ्गलाई २० लाख ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । उक्त रकम बराबरको चेक जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनि बर्देवाले हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख बरालले मानिसको भौतिक शरिर नभएपनि यस बिमा बापत प्राप्त रकमले भौतिक क्षती कम गर्न नसकेपनि यसले परिवारको आर्थिक भार माथिको भार कम गर्न राहात मिल्ने बताए ।

 

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार