free website hit counter

सान्जेन जलविद्युतले ३६.५० लाख कित्ता आईपीओ जारी गर्दै

beemaadmin
२०७८ मंसिर २३, बिहीबार

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासनको प्रक्रिया बढाएको छ। जसअनुसार कम्पनीले मंसिर २० गते नेपाल धितोपत्र बोर्डमा निष्कासनको अनुमति माग्दै आवेदन दिएको छ।
सान्जेन जलविद्युतमा संस्थापक समूहको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ। त्यसमध्ये ३९ प्रतिशत सर्वसाधारणका लागि सान्जेनले आईपीओ जारी गरिसकेको थियो। बाँकी १० प्रतिशत कम्पनीले स्थानीयका लागि छुट्याएको थियो। सोही १० प्रतिशतबराबरको साधारण सेयर स्थानीयका लागि जारी गर्न कम्पनीले प्रक्रिया अगाडि बढाएको हो।
धितोपत्र बोर्ड अनुमति दिएपछि सान्जेनले १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ। आईपीओ निष्कासनकर्तामा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार