free website hit counter

सामाजिक काममा ग्लोबल आइएमईको साथ

beemaadmin
२०७६ पुष २८, सोमबार

काठमाडौं । संस्थागत सामाजिक उत्तदायित्वप्रति निकै अग्रणी भूमिकामा रहेको ग्लोबल आइएमई बैंक लिमिटेडले मेरुदण्डीय पक्षघात समुह नेपाललाई तीन लाख रुपैंया सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई तीन लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित समाचार